चैत्र२७,निजगढ।बारा प्रहरीले २ किलो ९९ ग्राम लागूऔषध अफिम सहित १ जनालाई नियन्त्रणमा लिएको छ।

पर्साको बहुदरमाई नगरपालिका-६ गम्हरिया बस्ने बर्ष ३२ का सरोजप्रसाद साह उक्त परिमाणको अफिमसहित प्रहरी नियन्त्रणमा परेका हुन्।

साहलाई विशेष सूचनाको आधारमा बुधवार विहान ७ बजेर ४० मिनेटको समयमा अमलेखगञ्जस्थित प्रहरी कार्यालय अगाडी चेक प्वाइन्टबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

साहले हेटौंडाबाट वीरगंजतर्फ आँउदै गरेको प्र.२-०३-००९ प ३८७८ नम्बरको पल्सर मोटरसाईकलको सिटमुनी उक्त अफिम लुकाई छिपाई ल्याएका थिए।

पक्राउ परेका साहउपर आवश्यक कानुनी प्रक्रिया चलाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय