चैत्र२७,हेटौंडा।मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गतको कृषि तथा पशु शाखाको कृषक भ्रमणबाट फर्किएको बस दूर्घटनामा परेको छ।

सिन्धुलीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०६-००१ख०२७९ नम्बरको भीमफेदी अगुवा कृषक भ्रमणको रिजर्भ बस अहिले राती करिब साँढे ९ बजे तिर बकैया गाउँपालिका-३ चिसापानीबजार स्थित धरान चतरा सडक खण्डको घुम्तिमा अनियन्त्रित भई दूर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी हात्तिसुँढे र इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलिले सबै घाइतेहरुको उद्वार गरी हेटौडा अस्पताल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

दूर्घटनाका कारण बाटो अबरोध नभएको र बसमा के कति मानिस सवार रहेको भनी हाल नखुलेको डिएसपी अर्यालले बताए।

उनका अनुसार घटनास्थलमा २/३ जना गम्भिर घाईते जस्तो देखिएका छ्न्। अन्य घाइतेहरुको विवरण र अवस्था संकलन भैरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय