चैत्र२८,निजगढ। विहिवार विहान परेको चट्याङले बाराको दुईस्थानमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

जिल्लाको बारागढी र करैयामाई गाउँपालिकामा आज विहान चट्याङ परि आगलागी भएको हो।

बारा प्रहरीका अनुसार विहान ३ बजे बारागढी-४सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामिको कुखुरा फर्ममा चट्याङ परि आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षती भएको छ।

कामिको बाँस, पराल र टिनले बनेको कुखुरा फर्ममा चट्याङ परी आगलागि हुँदा २ हजार ओटा तयारी कुखुरा ,कुखुराको दाना र कुखुरा फर्म गरी २० लाख बराबरको धनमाल नष्ट भएको हो।

सो फर्ममा लागेको आगो प्रहरी चौकी लंगडाबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा विहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

त्यस्तै आजै(विहिवार)विहान ३ बजे नै करैयामाई-८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाईएको फुसको घर र कृषि मिटरमा पनि चट्याङ लागि आगलागि भएको प्रहरीले जनाएको छ।

सो आगलागीबाट मिटर घर र मिटर पूर्णरुपमा जलेर नष्ट भएको छ।
सो घटनाबाट अन्दाजी १० हजार रुपैयाँ बाराबरको क्षती भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय