चैत्र३१,हेटौंडा।मकवानपुरको मनहरीमा चट्याङ लागी एक युवकको मृत्यु भएको छ भने एक पुरुष र एक बालक घाईते भएका छन्।
मनहरी गाउँपालिका-५ दरदरा बस्ने अन्दाजी २८ वर्षिय अविरल थिङको चट्याङ लागेर मृत्यु भएको हो।
मृतकका बुवा ५६ वर्षिय सिंहबहादुर थिङ र डिल्लीपुर बस्ने १० वर्षिय बालक सौगात गोले चट्याङ लागी घाईते भएका छन्। घाईते बालक मृतक थिङका सानिआमाको छोरा हुन्।
प्रहरीका अनुसार आईतवार अपरान्ह ३ बजेर ४० मिनेट जाँदा बसन्तपुरस्थित राप्तीखोलाको किनारमा उनिहरुलाई चट्याङ लागेको थियो।
उनिहरु आफन्तको घरबाट आफ्नो घर दरदरातर्फ जाँदै थिए।
घाईतेलाई प्रहरी पुग्नुभन्दा पहिलेनै स्थानियहरुले उपचारार्थ चितवनतर्फ पठाएको प्रहरीले जनाएको छ।
घटनास्थल ईलाका प्रहरी कार्यालय नेवारपानीबाट अन्दाजी ८ किलोमीटर पश्चिम तर्फ पर्ने प्रहरीले जनाएको छ।



