बैशख,४हेटौंडा।गुडिरहेको कारमा अचानक आगलागी भएको छ।
बुधवार बेलुका पौने ८ बजेतिर काठमाडौबाट हेटौंडातर्फ आउँदै गरेको भारतिय नम्वरको कारमा आगलागी भएको हो।
GJ12DA 9618 नम्वरको भारतिय कार मकवानपुरको भीमफेदी गाउँपालिका-४ स्थित निबुवाटारमा आईपुगेपछी अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट गाडीको अगाडिको भागमा क्षती भएपनी मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ।



