बैशाख६,बुटवल। बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ।

बुटवल-११ स्थित बुद्ध नगर बस्ने २९ वर्षिया अविवाहित युवती टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको प्रहरीले जनाएको छ।

पाल्पाको रैनादेवि छहरा घर भएकि विष्टले बुटवल-११ स्थित बुद्ध नगरमा खाजा घर सञ्चालन गरेकी थिइन् ।

रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले शनिवार विहान साँढे ९ बजेतिर  मोटरसाइकलमा आएका युवाले उनिमाथी गोली प्रहार गरेका बताएका छन्।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको एसपी राठौरले बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय