बैशाख१६,हेटौंडा।हेटौंडाबाट ३ किलो ८६० ग्राम लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ परेका छन्।
मंगलवार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा हेटौंडा-११थानाभर्याङस्थित ठाकुरसिं मोक्तानको घरबाट उक्त पदार्थ फेला पारेको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालाले जानकारी दिए।

उनका अनुसार मोक्तानले उक्त पदार्थ आफ्नो घरको कोठाभित्र सुत्ने खाटमा लुकाई छिपाई राखेका थिए।
मोक्तानलाई नियन्त्रणमा लिई जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा ४ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी अर्यालले बताए।




