बैशाख१७,हेटौंडा।मकवानपुर प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। यस्तै चोरीमा संलग्न २ जनालाई पक्राउ पनि गरेको छ।

धादिङको थाक्रे गाउँपालिका-५ स्थायी घर भई हेटौंडा-८ स्थित कमाने बस्दै आएका युवराज खड्काको गत चैत्र २६ गते हेटौंडा-४ स्थित शितलमहल चोकमा पार्किङ गरिराखेको २०० सिसिको एन एस मोटरसाइकल हराएको थियो।

प्रहरीले ना४७ प २७९४ नम्बरको उक्त मोटरसाइकल यहि बैशाख १० गते प्रहरी चौकी पदमपोखरीको वडा एरियामा फेला पारेको जनाएको छ।

आवश्यक अनुसन्धान पश्चात मंगलवार मोटरसाईकल धनि खड्कालाई जिल्ला प्रहरी कार्यालयमा बोलाई मोटरसाईकल सनाखतपछि एकिन गराई बुझाईएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

साथै उक्त मोटरसाईकल चोरीमा संलग्न हेटौंडा-३ का २३ वर्षिय सुजन स्याङतान र २२ वर्षिय दिपेश तामाङलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको पनि डिएसपी अर्यालले बताए।

प्रहरीले काठमाडौबाट ४ महिना अघि हराएको अर्को मोटरसाइकल पनि फेला पारी मंगलवार नै सम्बन्धित धनीलाई बुझाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय