बैशाख१८,हेटौंडा।मकवानपुरमा आफैँले ढालेको रुखले च्यापिँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भई मकवानपुरगढी गाउँपालिका-७ स्थित सुकौरामा डेरा गरि बस्ने ३१ वर्षिय राम राई छन्।

राई विहिवार मध्यान्ह साँढे १२ बजेको समयमा सुकौराका रामबहादुर मोक्तानको बारीको रुख ढाल्ने क्रममा रुखले च्यापी घाईते भएका थिए।

प्रहरीका अनुसार उनलाई उनका साथी सुजन राईले दिउँसो साँढे २ बजे उपचारार्थ मकवानपुर सहकारी अस्पताल ल्याएकोमा उपचारकै क्रममा पौने ३ बजे मृत्यु भएको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकको शव हेटौंडा अस्पतामा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय