बैशाख२४,हेटौंडा। मकवानपुरको राक्सिराङमा एउटा बोलेरो गाडी सडकबाट खस्दा चालकसहित ९ जना घाईते भएका छन्।घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
गम्भीर घाईते हुनेहरुमा राक्सिराङ गाउँपालिका-९ बस्ने बर्ष १६ का हिमाल बस्नेत, बर्ष ३५ का बुद्धिमान घलान,बर्ष ७५ का डिलबहादुर घलान,निजकी श्रीमति बर्ष ७० की फुलमाया घलान, बर्ष ३८ का रुपबहादुर राउत र बर्ष ४८ का दीपक खड्का छ्न्।
उनिहरुको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
सोही ठाउँका ५० वर्षिय सुर्य अधिकारी, १४ वर्षिय कुमार तामाङ र २८ वर्षिय सुजन तामाङको हात खुट्टामा सामान्य चोट लागेको छ।
बुधवार विहान ८ बजेको समयमा राक्सिराङ-९ अठारेस्थित भित्रि सडक खण्डमा खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलोरो अचानक सडक देखी अन्दाजी ५० मिटर तल खसेर दूर्घटनाग्रस्त बनेको प्रहरीले जनाएको छ।
घाईतेहरुलाई स्थानियबासिको सहयोगमा उद्धार गरी उपचारार्थ पठाईएको प्रहरीले जनाएको छ।



