बैशाख२४,हेटौंडा। मकवानपुर प्रहरीले हराएको एउटा ट्रक ६ घण्टापछी फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ।
ट्रक चालक सोमबहादुर थिङले मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारस्थित आफ्नै घर नजिक पार्किङ गरिराखेको ट्रक आज(बुधवार)विहान ८ बजे हराएको भन्दै प्रहरीमा लिखित निवेदन दिएका थिए।

चालक थिङले ना ६ ख ३६६१ नम्बरको ट्रक पार्किङ गरेको ठाउँबाटै हराएको भनि ईलाका प्रहरी कार्यालय,मनहरीमा लिखित निबेदन दिएपछि प्रहरी टोली खोजतलासमा निस्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
खोजतलासको क्रममा उक्त ट्रक मननहरी-९ रजैयास्थित पूर्व-पश्चिम सडक खण्डको जंगल भएको ठाउँमा लगी छाडेको अवस्थामा दिउँसो २ बजे फेला पारेको उपरीक्षक अर्यालले बताए।
ट्रक कसले चलाएर लागेको भन्ने विषयमा अनुसन्धान भैरहेको उनको भनाई छ।
ट्रक धनि बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-९ का सुरज देवकोटालाई ईलाका प्रहरी कार्यालय,मनहरीमा बोलाई बुझाएको प्रहरीले जनाएको छ ।




