बैशाख२६,निजगढ। वडा नम्बर ४ निजगढमा जारी प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा ४ ले ३ नम्बर वडालाई ०-१ गोल अन्तरले हराएको हो।
टिमको जितमा टिम क्याप्टेन समेत रहेका जर्सि नम्बर ७ का खेलाडी समीर कुमरले १ गोल गरे।
उनले निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा गोल गरेका थिए। खेलको ‘म्यान अफ द म्याच’ विजेता टिमका जर्सी नम्बर १० का खेलाडी विराट धामि घोषित भए।

उनलाई ४ नम्बरका वडाअध्यक्ष विशन सापकोटा र स्व.विकलकी आमा कमला रेग्मिले नगद एक हजार रुपैयाँ सहित ट्रफी प्रदान गरे।
निजगढ नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालित प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ तथा दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। फाईनल खेल बैशाख ३० गते हुने तय गरिएको छ।



