बैशाख२६,निजगढ। वडा नम्बर११,रतनपुरी निजगढमा जारी प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रवार भएको अन्तिम सेमिफाइनल खेलमा रतनपुरीले वडा नम्बर ८ लाई ०-१ गोल अन्तरले हराएको हो।

टिमको जितमा जर्सि नम्बर २० का खेलाडी सकिन कुमरले दोस्रो हाफको १२ औँ मिनेटमा १ गोल गरे।

निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले केही सुनौलो अवसरहरुको सदुपयोग गर्न सकेन।अन्ततः ११ नम्बरले सेमिफाइनल यात्रा तय गर्यो।

खेलको ‘म्यान अफ द म्याच’ विजेता टिमका जर्सी नम्बर १० का खेलाडी निकास गुरो घोषित भए।

उनलाई निजगढ नगर खेलकुद विकास समितिका सदस्य सचिव उत्तम लामिछाने र स्व.विकलकी आमा कमला रेग्मीले नगद एक हजार रुपैयाँसहित ट्रफी प्रदान गरे।

शनिवार वडा नम्बर १ र ४ का बिच पहिलो सेमिफाइनल खेल संचालन हुनेछ भने आईतवार वडा नम्बर ७ र ११ का बिच अन्तिम सेमिफाइनल खेल संचालन हुनेछ।

प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीहरु समावेश गरिएको छ।
निजगढ नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालित प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ तथा दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। फाईनल खेल बैशाख ३० गते हुने तय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय