जेठ५,निजगढ। बारास्थित इलाका प्रहरी कार्यालय निजगढले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
निजगढ ४ स्थित मोहोरी खोला नजिकबाट प्रतिबन्धित लागूऔषध खरिद बिक्री भइरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आईतवार अपरान्ह ४ बजे नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा निजगढ- १० चौकीटोल बस्ने अन्दाजी वर्ष २८ का प्रेम वाइबा, सोही ठाउँका अन्दाजी वर्ष २२ का धनबहादुर थिङ, अन्दाजी वर्ष ३० का ज्ञानबहादुर घलान, बिच टोल बस्ने अन्दाजी वर्ष २४ का अमृत दुलाल र मकवानपुरको बकैया गाउँपालिका ६ भालु खोलाका अन्दाजी वर्ष २५ का बिजय योञ्जन छन्।
उनीहरुको शरीर र झोलासमेत चेकजँच गर्दा प्रतिबन्धित लागूऔषध ट्रमाडोल– ५७ पत्ता, ५ पत्ता एन्टिकोफ ट्याब्लेट र ५ पत्ता डेभोक्सिन– १० बरामद भएको र बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर उनिहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढमा राखिएको प्रहरीले जनाएको छ ।



