जेठ६,हेटौंडा। मकवानपुर प्रहरीले १३ किलो लागूऔषध गाँजासहित एकजना पुरुष पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा-३ का ४३ वर्षिय प्रतापसिंह मोक्तान छन्।
सोमवार साँझ सवा ७ बजे तिर जम्बुडाँडातर्फबाट हेटौंडा-३लेवटतर्फ आउँदै गरेको ना.६३ प २५६१ नम्बरको स्कुटरमा गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनले स्कुटरको अगाडी खुट्टा राख्ने ठाउँमा जेब्रा झोलामा उक्त गाँजा राखेका थिए।
मोक्तानलाई नियन्त्रणमा लिई लागूऔषध मुद्धा कसुरमा थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।




