असार७,हेटौंडा। मकवानपुरमा कुकुरले लखेट्दा आँत्तिएर भागेका एक बालक खोल्सामा खसी गम्भीर घाईते भएका छन्।

सिराहाको खुसिपुर नगरपालिका-२ घर भई हाल हेटौंडा-४ स्थित “आमा होस्टेल” बस्दै आएका १४ वर्षीय बालक उमाप्रसाद यादव खोल्सामा डुबेर गम्भीर घाईते भएका मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज शनिवार साँढे १ बजेको समयमा हेटौंडा-२ वनसखण्डी मन्दिर नजिकै बाटोमा हिँडिरहेको बेला एक्कासि कुकुरले लखेट्दा आँत्तिएर भाग्ने क्रममा यादव नजिकैको खोल्साको पानीमा डुबेका थिए।

उनलाई अन्य बटुवाहरुले प्रहरीलाई खबर गरी तत्काल उद्धार गरी उपचारार्थ हेटौंडा अस्पताल पुर्याईएको थियो।

बोल्न नसक्ने अचेत अवस्थामा रहेका उनलाई थप उपचारका लागि चितवनस्थित भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय