असार११,सिंगौल।बाराको निजगढ नगरपालिका-१सिंगौलका अतिविपन्न ८ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ।
नगरको कार्यपालिका लक्षित कोष अन्तर्गत वडाका गरिब, अतिविपन्न तथा अपांग घरपरिवारलाई मंगलवार एक कार्यक्रमकाबिच जस्तापाता वितरण गरिएको हो।
अतिविपन्न तथा गरिब नेमा जिम्बा, बुद्धिमान लोप्चन, डिल्लीसिं बल,फेदेसिं ब्लोन,लक्ष्मीनारायण गुरो र मोहन परियार लगायतलाई जस्तापाता वितरण गरिएको कार्यपालिका सदस्य फुलमाया घलानले जानकारी दिईन्। 
कार्यपालिका लक्षित कोषबाट चालु आर्थिक वर्षमा बिनियोजित ३ लाख ५० हजार रुपैयाँको लागतमा जस्तापाता खरिद गरिएको हो।कोटेशनमार्फत देव कन्स्ट्रक्सनले जस्तापाता उपलब्ध गराएको घलानले बताईन्।
वितरण कार्यक्रममा वडाअध्यक्ष मंगले लोप्चन,वडा सदस्य कन्तलाल धामी,समाजसेवी मोहनबहादुर खड्का,संजिव लोप्चन तथा स्थानीयहरुको उपस्थिति थियो।



