असार१२,हेटौंडा।मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूऔषध सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य,मोतीहारी जिल्ला,पंचमिडिया बस्ने वर्ष २६का उपेन्द्र यादव,वर्ष २२का संजितकुमार यादव र वर्ष ३५ का सिकिन्दर महतो छ्न्।

भारतको मोतीहारीबाट काठमाण्डौतर्फ जान आउँदै गरेको BL01AW1404 नम्वरको भारतीय कारमा आएका उनिहरुलाई पूर्वपश्चिम राजमार्गस्थित रातोमाटे चेकपोईन्टबाट बुधवार विहान ६ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनिहरुले लागूऔषध ट्रामाडोल २५ हजार ४५५ क्याप्सुल र ओनरेक्स १२० बोत्तल कारको सिटमुनी र पछाडीको डिकीभित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याएका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

उनिहरुविरुद्व लागूऔषध कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको डिएसपी अर्यालले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय