असार१९,निजगढ।बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-२ सिमरामा अवस्थित जगदम्बा स्टील्स प्रालीमा विष्फोट हुँदा एकजना मजदुर घाईते भएका छन्।

बुधवार राती फ्याक्ट्रीमा रहेको फलाम पगाल्ने भट्टि अचानक विष्फोट हुँदा त्यहाँ कार्यरत भारतीय मजदुर ३५ वर्षिय अजय बैठा घाईते भएका फ्याक्ट्रीका जनसम्पर्क अधिकृत कृष्ण भट्टले जानकारी दिए।

बैठाको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा उपचार भईरहेको छ। भट्टी विस्फोट हुँदा बाफले जलेर घाईते भएका बैठाको अवस्था मध्यम रहेको भट्टले बताएका छन्।

घटनामा के कति क्षती पुग्यो भन्ने विषयमा प्राविधिकहरुले अध्ययन अनुसन्धान गरिरहेका भट्टको भनाई छ।

राती सवा ९ बजेको समयमा ठूलो आवाजमा भट्टि विष्फोट हुँदा घरहरू हल्लिएपछि स्थानीयहरु त्रसित हुँदै बाहिर निस्किएका त्यहाँस्थित संचारकर्मीहरुले प्रशारण गरेका भिडियो सामग्रीहरुमा देख्न सकिन्छ।

उक्त फ्याक्ट्रीमा वर्षेनी विष्फोटका घटना हुने गरेको स्थानियले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय