असार२०,हेटौंडा।हेटौंडाको राप्तिरोडमा गएराती भएको मोटरसाइकल दूर्घटनामा एक पुरुषको ज्यान गएको छ।
धनुषाको जनकपुर नगरपालिका-४ का ४५ वर्षिय दीपेन्द्रकुमार झाको दूर्घटनामा ज्यान गएको हो।
प्रहरीका अनुसार झा ना४३प ४५१५ नम्वरको मोटरसाइकलमा बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गर्दा राती ११ बजेर २० मिनेटको समयमा दूर्घटनामा परि गम्भीर घाईते भएका थिए।
झालाई ट्राफिक प्रहरीसहितको टोलिले उपचारार्थ हेटौंडा अस्पताल लगेकोमा करिब आधा घण्टापछि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।



