असार२०,हेटौंडा।मकवानपुर प्रहरीले हेटौंडा-१७स्थित अंगारेश्वर मन्दिर परिसरबाट लागूऔषध खैरो हिरोईनसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका-१४ घर भई हाल हेटौंडा-१७ बस्ने २६ वर्षिय कपिल घर्ती र पर्साको वीरगंज महानगरपालिका- १६ का २४ वर्षिय अनुत्तमबहादुर श्रेष्ठ छन्।

मन्दिर परिसरभित्र लागूऔषध सेवन गरिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी टोलिले विहिवार अपरान्ह पौने ४ बजेको समयमा उनिहरुलाई पक्राउ गरेको हो।

उनिहरुको शरीर खानतलासी गर्दा १ ग्राम २३० मिलिग्राम खैरो हिरोईन फेला पारेको प्रहरीले जनाएको छ।

उनिहरुलाई लागूऔषधसहित नियन्त्रणमा लिई जिल्ला अदालत,हेटौंडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय