असार२०,हेटौंडा।मकवानपुर प्रहरीले ६ किलो ८२० ग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा-११ थानाभर्याङका ३६ वर्षिय कुमारसिं गोले छन्।
विहिवार विहान साँढे ११ बजे भीमफेदी गाउँपालिका-१ बाघझोरास्थित हेटौंडा भैंसै सडकखण्डमा प्रहरी चौकी, चौकीटोलबाट खटिएको प्रहरी टोलीले गोलेलाई गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बा९४ प ८०८६ नम्वरको मोटरसाईकलमा भैंसेतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेका गोलेले झोलाभित्र गाँजा लुकाई छिपाई राखी ल्याएका थिए।
गोलेलाई जिल्ला अदालत,हेटौंडाबाट लागूऔषध कसुर मुद्धामा ४ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



