असार२६,काठमाडौं। तीजे गीतको नाममा अश्लील शव्दावली प्रयोग गरिएका गीतहरु सार्वजनिक भएको भन्दै राष्ट्रिय लोक संचारकर्मी,नेपाल (रालोक)ले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ।

तीजको नाममा आएको अश्लिल शब्दसहितका गीतहरू रोक्न रालोकले आज दिउँसो ४ बजे गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाउने संस्थाका सचिव कमल सरगमले जानकारी दिए।

गृहमन्त्रालयमा हुने उक्त कार्यक्रममा समाचार सम्प्रेषणका लागि सबै संचारकर्मीहरुलाई उपस्थिति हुन रालोकले अनुरोध गरेको छ।

पछिल्लो समय तीजको नाममा सार्वजनिक गरिएका गीतसंगीतले समाजमा बिकृती फैलाएको आम स्रोता दर्शकहरुले गुनासो गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय