असार३२,निजगढ। निजगढ प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-७ योजना टोलका २५ वर्षिय चमन मगर,रौतहटको गुजरा नगरपालिका-२ का २३ वर्षिय रोशन मगर र रौतहटकै गरुडा नगरपालिका-२ का ३० वर्षिय रामप्रवेश महरा छन्।

ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार गत जेठ २४ गते दिउँसो निजगढ-६ का बालकृष्ण हुमागाईँको नाममा रहेको म.प्र.o इ-० ३प ७५१० नम्वरको यामाहा कम्पनिको FZS V2 DD मोटरसाईकल निजगढ-७ स्थित प्रशान्त लामाको घरमा पार्किङ गरिराखेको अवस्थामा हराएको थियो।

हराएको मोटरसाइकल खोजतलास गरि पाउँ भनि ईलाका प्रहरी कार्यालयमा निवेदन परेपछी खोजतलासको क्रममा खटिएको प्रहरी टोलिले जेठ३१ गते दिउँसो योजना टोलमा शंकास्पद हिँडिरहेका चमन मगरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल चोरी गरी रौतहटको गुजरा-२ का रोशन मगरलाई बिक्री गरेको स्विकारेका थिए।

रोशनलाई समेत नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा गरुडा-२ स्थायी वतन भएका गरुडा झाझपुल चोकस्थित न्यू राजन वर्कशप संचालन गरेर बस्ने रामप्रवेश महारालाई रोशनले उक्त मोटरसाइकल एकतिस हजारमा बिक्री गरेको खुलेको निरीक्षक लामिछानेले बताए।

निजगढ प्रहरीले ईलाका प्रहरी कार्यालय गरुडासँगको समन्वयमा संयुक्त गस्ति गरि महारालाई नियन्त्रणमा लिई खोजतलास गर्दा महराको घरआँगनमा नम्वर प्लेट हटाईएको अवस्थामा उक्त मोटरसाइकल फेला पारी बरामद गरेको र मोटरसाइकल चोरी र किनबेचमा संलग्न तीनैजनालाई ईलाका प्रहरी कार्यालय निजगढमा राखी चोरी कसूरमा थप अनुसन्धान गरिरहेको लामिछानेको भनाई छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय