साउन१,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा संचालित एक संचारगृहले एक विद्यालयलाई भुँइखाट र एक विद्यार्थीलाई पोशाक खरिद गर्न आर्थिक सहयोग गरेको छ।

हेटौंडा-२बाट साप्ताहिकरुपमा पत्रिका प्रकाशन गर्दै आईरहेको ‘नमस्कार साप्ताहिक’ ले मनहरी गाउँपालिकामा अवस्थित जनजाति उत्थान प्राविलाइ भुइँखाट किन्न ३६ हजार रुपैयाँ सहयोग गरेको हो।

शिशु कक्षाका बालबालिका चिसो भुइँमा बसेर पढ्न परेको बाध्यतालाई मध्य नजर गर्दै भुइँखाट किन्न सहयोग स्वरुप ३६ हजार रुपैयाँ सहयोग गरेको साप्ताहिकका प्रकाशक कमलचन्द्र सुमनले बताए।

प्रकाशक सुमनले वुधवार विद्यालयमै पुगि विद्यालयका प्रधानाध्यापक नारायण उप्रेतीलाई ३६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

यस्तै साप्ताहिकले बकैया गाउँपालिका वडा नम्बर ५ राजदमार बस्ने न्यून आय भएका बिराज गोलेलाइ पनि विद्यालय पोशाक खरिद गर्न ५ हजार रुपैयाँ सहयोग गरेको छ।

गोले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा कक्षा ११ मा अध्ययनरत छ्न्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय