साउन२,निजगढ।बारा प्रहरीले शुक्रवार छुट्टाछुट्टै स्थानबाट भन्सार छलिका सामान र लागूऔषध गाँजासहित १जनालाई पक्राउ गरेको छ।

प्रहरीले जीतपुरसिमरा-२२ स्थित अमलेखगञ्जबाट १ लाख ८० हजार बराबरको भन्सार छलीका खजुर र चिनी तथा पथलैया चोकबाट १० किलो बढि लागूऔषध गाँजासहित बाराको सिम्रौनगढ नगरपालिका-७ मलाही टोल बस्ने ३४ वर्षिय धर्मेन्द्र सहनीलाई पक्राउ गरेको हो।

वर्दिवासबाट काठमाडौंतर्फ जान लागेको बा.प्र.०१-००६ ख ५४३२ नम्वरको यात्रुवाहक बसको डिकिमा लुकाई छिपाई राखिएको १ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको १८ कार्टुन खजुर र ४ बोरा चिनी बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

डिएसपी पण्डितका अनुसार आज विहान साँढे ११ बजेको समयमा प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्‍ठको कमाण्डमा खटिएको प्रहरी टोलिले अमलेखगंजस्थित चेक प्वाईन्टबाट उक्त अवैध सामानहरु बरामद गरिएको हो।

यस्तै,आजै विहान प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलिले पथलैया चोकबाट १० किलो ७७८ ग्राम लागूऔषध गाँजासहित सहनीलाई नियन्त्रणमा लिएको हो।

नारायणगढबाट वीरगंजतर्फ आउँदै गरेको ना ८ ख ७३४६ नम्वरको यात्रुवाहक बसमा सवार सहनीले बोकेको कालो झोलाभित्र उक्त परिमाणको गाँजा बरामद गरिएको प्रवक्ता पण्डितले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय