साउन३,निजगढ।बारा प्रहरीले तास खेलिरहेका ९ जनालाई डेडलाख रुपैयाँ भन्दा बढी नगदसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-१ का ३० वर्षिय सुसन खाती सुनार र ५१ वर्षिय राजकुमार भट्टराई,वडा नं २ वस्ने ४० वर्षिय बलराम बिश्वकर्मा, ५६ वर्षिय सुमनकुमार भट्टराई, ४१ वर्षिय अभयकुमार श्रीवस्ताव,४१ वर्षिय केशव सुनुवार, ५२वर्षिय थहलवहादुर विश्वकर्मा, वर्ष ५४ का शिवजीप्रसाद साह र ५९ वर्षिय बलरामकुमार क्षेत्री छन्।
शनिवार अपरान्ह ३ बजे जीतपुरसिमरा-२ जानकी टोलस्थित केशव सुनुवारको घरमा जुवा तास खेलीरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटीएको प्रहरी टोलीले छापा मारेको थियो।
उनिहरुलाई जुवातास खेलिरहेको अवस्थामा एक लाख चौवन्न हजार छ सय असी रुपैयाँ नगद र ताससहित नियन्त्रणमा लिई आवश्यक कार्वाही गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।



