साउन५,निजगढ। बारा प्रहरीले ५ किलोग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला, डुमरा बस्ने २९ वर्षिय सावन शर्मा छन्।

शर्मा आईतवार विहान साँढे ८ बजेको समयमा बिश्रामपुर गाँउपालिका-४ स्थित बलिरामपुर स्कुल नजिकैबाट कालो झोलामा गाँजा राखी भारततर्फ लाँदै गर्दा पक्राउ परेका हुन्।

प्रहरी चौकी मुसहर्वाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक जीवन खडकाको कमाण्डमा खटिएको प्रहरी टोलिले पिठ्युँमा बोक्ने कालो झोला टाउकोमा बोकी लुकी छिपी गईरहेको देखेपछी शंका लागी चेकजाँच गर्दा शर्माले बोकेको झोलाभित्र लुकाईछिपाई राखिएको ५ किलो लागूऔषध गाँजा बरामद गरी उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता वीजयराज पण्डितले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय