साउन१०,निजगढ। बारा प्रहरीले ५२ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको भन्सार छलिका विभिन्न समानहरूसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई बिल बिजक भन्दा फरक र भन्सार छलीको ५२ लाख ७० हजार ९३ रूपैयाँ बाराबरको कपडा, साईकलका पार्टस, केमिकल, विभिन्न औषधि तथा अन्य खुद्रा सामानहरूसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
प्रहरीले विशेष सूचनाको आधारमा शुक्रवार राती १० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकस्थित सडकमार्गमा उक्त डिब्बा ट्रकलाई चेकजाँच गरेको थियो।
उक्त ट्रकलाई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको डिएसपी पण्डितले बताए।



