साउन१४,निजगढ।बाराको निजगढ प्रहरीले २४ किलोग्राम लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका-१२थली टोल बस्ने अन्दाजी वर्ष ४२ का सुरज घलान र वर्ष २२का समिर घलान छन्।
उनिहरुलाई मंगलवार राती साँढे ११बजे तिर निजगढ-११ स्थित पर्सा राष्ट्रिय निकुञ्ज भित्रको जङ्गलबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय,निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
प्रहरी निरीक्षक लामिछानेका अनुसार उनिहरुलाई प्लास्टिकको बोरा बोकी शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा चारओटा पोकामा प्याक गरिएको २४ किलोग्राम गाँजासहित नियन्त्रणमा लिईएको हो।
नियन्त्रणमा लिईएका हरुलाई आवश्यक कार्वाहीका लागी ईलाका प्रहरी कार्यालय,निजगढमा राखिएको लामिछानेले बताएका छन्।



