असोज१५,वीरगंज।पर्साको वीरगंजमा गएराती युवाहरुबिच “ग्याङ फाइट” हुँदा एक युवकको ज्यान गएको छ।

प्रहरीका अनुसार गहवामाई मेलाको समयमा राती १२ बजेदेखी १ बजेको समयमा माईस्थान र घडिअर्वा पोखरी क्षेत्रका युवाहरुबिच गीता मन्दिर रोड क्षेत्रमा चक्कु हानाहान भएको हो।

सो क्रममा गोल्डेन नाम गरेका २० वर्षिय युवकमाथि करिब एक दर्जन पटक चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका गोल्डेनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रहरीले घटनास्थल गीता मन्दिर रोडलाई सिल गरेर अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र मृतकको शव नारायणी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय