असोज१५,हेटौंडा।गएराती मकवानपुरमा चट्याङ लागेर एक पुरुष घाईते भएका छन्।
जिल्लाको राक्सिराङ गाउँपालिका-८ स्थित माईसिराङका ५५ वर्षिय देउबहादुर चेपाङ चट्याङ लागेर गम्भीर घाईते भएका हुन्।
हिजो राती साँढे ८ बजेको समयमा आफ्नै घरभित्र बसिरहेका चेपाङलाई हावाहुरीसहित परेको चट्याङ लागेको प्रहरीले जनाएको छ।
चेपाङको बाहिरि चोट नदेखिएपनि भित्रि चोटका कारण बेहोस अवस्थामा मनहरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।



