असोज१५,निजगढ।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित चुरियामाई मन्दिर नजिक उकालोमा सडक दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। घटनामा अन्य ४ जना घाईते भएका छन्।

जनकपुरबाट काठामाण्डौंतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको यात्रुवाहक बसको सोमवार विहान १० बजे अचानक ब्रेक फेलभई ब्याक हुँदा सोहि दिशातर्फ जाँदै गरेको ना १२ प ३३६० र म.प्र. ०३-०२४ प ४४९५ नम्बरको दुईओटा मोटरसाइकललाई ठक्कर दिई किच्दा उक्त मोटरसाइकलहरुमा सवार ६ जना घाईते भएका थिए।

गम्भीर घाईते ४ जना मध्ये २ जनाको कलैयास्थित प्रादेशिक अस्पताल पुर्याउँदा मध्यान्ह १२ बजेर १० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा ना १२ प ३३६० नम्बरको मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया गाउँ बस्ने अन्दाजी २५ वर्षिय मकेश्वर पटेल र अर्को मोटरसाइकल चालककी श्रीमती अन्दाजी वर्ष २६ की कविता देवि छन्।

अन्य गम्भीर घाईते हुनेहरुमा पर्साको वीरगंज महानगरपालिका-३१ बस्ने अन्दाजी बर्ष २७ का कञ्चनकुमार पटेल र निजका ३ वर्षिय छोरा आयुष पटेल छन्।
उनिहरुको टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भईरहेको छ।
यस्तै ३३६० नम्बरको मोटरसाइकलमा सवार कञ्चनकुमारकी श्रीमती अन्दाजी बर्ष २२ की कलितादेवि र उनिहरुका अन्दाजी २० महिनाकी छोरी तानेया पटेलको अवस्था सामान्य रहेको र उनिहरुको पनि सहकारी अस्पताल,हेटौंडामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

दुवै मोटरसाईकल र बस घटनास्थलमै रहेको र सडक एकतर्फी सुचारु भएको छ।

घटनापछि फरार रहेका बस चालक सर्लाहीको लालबन्दी नगरपालिका-३ बस्ने अन्दाजी बर्ष-४७ का बिश्वनाथ चौधरी ईलाका प्रहरी अमलेखगंजको नियन्त्रणमा आएका छन्।

उक्त बस ब्याक हुँदा सोही बस पछाडी रहेको म.प्र.०३-००१ ज ०६६२ न. को विद्युतीय माईक्रो गाडीको अगाडी भागमा समान्य क्षति भएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय