असोज२३,हेटौंडा।जेनजीको सदस्य हुँ भन्दै रातिको समयमा सवारी रोकि गैरकानुनी चेकजाँच गर्ने तथा चालकलाई कुटपिट र अश्लील व्यवहार गर्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका-१ सानुटारका २२ वर्षिय अमीर रुम्बा छन्।

रुम्बालगायतका समूहले बुधवार राती १० बजेको समयमा सानुटार याङराङपुलस्थित सडकमा आवतजावत हुने तरकारी तथा कृषि जन्य उत्पादन ढुवानी गर्ने गाडीहरूलाइ रोकी गैरकानुनी चेकजाँच गरि चालकहरुलाई कुटपिटसमेत गरी अश्लिल शब्दहरु प्रयोग गरी दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले रुम्बालाई नियन्त्रणमा लिई आवश्यक कार्वाही तथा थप अनुसन्धान गरीरहेको र कुटपिट गर्ने कार्यमा संलग्न अन्य व्यक्तीको समेत खोजतलास भईरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय