असोज२५,निजगढ। बारा प्रहरीले भन्सार छली ल्याईएको ७२ हजार रुपैयाँ बराबरको ४८ जोर फुटबल खेल्ने जुत्ता बरामद गरेको छ।

भारतबाट भन्सार छलि गरि मोटरसाइकलमा ल्याउँदै गरेको जुत्ता बाराको बिश्रामपुर गाउँपालिका-५ इटियाहिमा ड्युटीमा रहेका प्रहरीले बरामद गरेको हो।

सामान ल्याउनेहरु भने भाग्न सफल भएक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रहरी चौकी मुसहर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेन्द्र तामाङको कमाण्डमा खटिएको गस्ति टोलि र बलिरामपुर चोकमा ड्युटीमा खटिएका प्रहरीलाई देख्नासाथ उनिहरु सामान फालेर मोटरसाइकलमा भागेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय