असोज२७,निजगढ।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका-९मा सवारी दूर्घटना हुँदा दुईजना गम्भिर घाईते भएका छन्।

आईतवार राती साँढे ८ बजेको समयमा धन्सार पुलदेखी ५ सय मिटर पश्चिमतर्फ सडकमा बिग्रीएर रोकिराखेको ग्याँस लोडभएको ट्रकलाई हेटौंडाबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख ३५६५ नम्बरको कुखुरा बोकेको पिकअप गाडीले पछाडीबाट ठक्कर दिँदा दूर्घटना भएको प्रहरीले जनाएको छ।

घाईते हुनेहरुमा पिकअप चालक रौतहटको गरुडा नगरपालिका-९ बस्ने बर्ष २८ का पप्पु आलम र सोही गाडिमा सवार २६ वर्षिय आफ्ताव शेख छन्।

उनिहरुको टाउको,हातगोडा,मुख तथा शरिरका विभिन्न भागमा चोट लागेको गम्भीर अवस्थामा निजगढस्थित सामुदायिक प्रस्तुति गृहमा उपचार भईरहेको छ।

पिकअपमा सवार अन्दाजी २७।२८ वर्षका अर्का साहदिन आलम भने सम्पर्कमा नरहेका प्रहरीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय