कार्तिक१,हेटौंडा।मकवानपुर प्रहरीले हेटौंडा-१० वसपार्कस्थित गुम्बा नजिकै एउटा खाजाघरमा तास खेलिरहेका ११ जनालाई ६ लाख भन्दा बढी नगद र ११ बुक ताससहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सो खाजाघरका संचालक हेटौंडा-१० कर्रा बस्ने ३५ वर्षिय हिरालाल मोक्तान,उनकी श्रीमती वर्ष ३५ कै वसन्ती ब्लोन,हेटौंडा-१०टिसिएन रोड बस्ने ३७ वर्षिय अर्जुन तामाङ,हेटौडा-१० न्युरेनी बस्ने ३८ वर्षिय टुमबहादुर वाइबा, हेटौंडा-१० बसपार्क बस्ने ५० वर्षिया राममाया राना,हेटौंडा-४ हुप्रचौर बस्ने वर्ष ५० कि हिरामाया थिङ र ३० वर्षिया शान्तिमाया तामाङ,हेटौंडा-१० बसपार्क बस्ने वर्ष ६६ की कान्छीमाया ब्लोन,हेटौंडा-११ थानाभर्याङ बस्ने वर्ष ४५ की सीता लामा,बागमती गाउँपालिका-५ ज्यामिरे बस्ने वर्ष २७ का राजेश दर्नाल र मनहरी गाउँपालिका-४ बस्ने वर्ष ३० का अनिल थापा छन्।
शुक्रवार साँझ साँढे ५ बजेतिर उक्त खाजा घरमा तास खेलाईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले ६ लाख ६ हजार ३१० रुपैयाँ नगद र ११ बुक ताससहित उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयबाट ५ सय मिटर पूर्वतर्फ रहेको उक्त खाजाघर दर्तासमेत नगरी सञ्चालन गरेको पाईएको डिएसपी बोगटीले बताए। पक्राउ परेकाहरु माथी आवश्यक अनुसन्धान भईरहेको उनको भनाई छ।



