कार्तिक१०,सिंगौल।बाराको निजगढ नगरपालिका वडा नम्बर ३ मा ४१ औँ टासिधार्गेलीङ बौद्ध गुम्बा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

यहि कार्तिक १६ गते बाट सुरु हुने मेलाको औपचारिक उद्घाटन नगरपालिका प्रमुख सुरथ पुरीले गर्ने तय भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बाले जानकारी दिएका छन्।

४ दिनसम्म चल्ने मेलामा यसवर्षपनि सदा झैँ विभिन्न चर्चित र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जिम्बाले बताए।

यसपालि पुराना तथा चर्चित पप गायक दीपक बज्राचार्य,अहिलेका चर्चित गायक कुमा सागर,मिस्टर डी लाहुरेसहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने मेला व्यवस्थापन समितीका अध्यक्ष संजिव योञ्जनले जानकारी दिए।

सांगीतिक प्रस्तुतिका अलावा मेलामा मनोरञ्जनका लागी रोटिपिङ,मिक्कुमाउ, जम्पिङ लगायतका बालबालिका लक्षित खेलस्टलहरु पनि रहने योञ्जनले बताएका छन्।

मेलामा व्यापार,व्यवसाय गर्नेहरुका लागी १६ गते विहान स्टल वितरण गरिने भएकोले ईच्छुक व्यवसायीले मेला व्यवस्थापन समिति समक्ष सम्पर्क गर्न अनुरोध गरिएको छ।

तामाङ समुदायले कार्तिक र चैत्र पुर्णिमाको दिन आफ्ना दिवंगत पितृको सम्झनामा गुम्बा, चैत्यलगायतका धार्मिक शक्तिपिठहरुमा पूजापाठ र वत्तीबाल्ने संस्कार अनुरुप यहाँको टाँसिधार्गेलिङ्ग गुम्बामा पनि कार्तिक पूर्णिमाको अवसरमा बत्ती बाल्ने गर्छ्न्।

सो अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ। मेलामा छिमेकी जिल्लाहरु मकवानपुर,रौतहट र पर्सासहितबाट ठूलो संख्यामा मेला भर्नेहरुको घुँईचो लाग्ने गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय