कार्तिक३०,निजगढ।बारा प्रहरीले लागूऔषध खैरो हिरोईनसहित २ जना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने ३५ वर्षिया सुसिला देवि र पोखरिया नगरपालिका-७ बस्ने बर्ष ३० की पुजा देवी छन्।
उनिहरुको साथबाट ४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव निरीक्षक दीपककुमार बस्नेत र लागूऔषध नियन्त्रण व्यूरो,शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनिहरुलाई बाराको जीतपुरसिमरा उप-महानगरपालिका-५ लल्का पुल नजिकैबाट शनिवार पक्राउ गरेको हो।
लल्का पुलबाट पथलैयातर्फ पैदल आउँदै गरेका उनिहरुलाई शंका लागी चेकजाँच गर्दा सुशिलादेविको साथबाट उक्त परिणामको ब्राउन सुगर ७- पुरिया बरामद गरी उक्त कार्यमा संलग्न रहेकी अर्की महिलासेमतलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।



