मंसिर१८,हेटौंडा।लागूऔषध मुद्दामा ३ वर्ष कैद र डेढलाख रुपैयाँ जरिवाना सुनाईएका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हेटौंडा-४ घर भई हेटौंडा-१ चाईना क्वार्टर डेरा गरि बस्ने ४२ वर्षिय राजकुमार आले मगर भनिने इन्द्रबहादुर आलेमगर छन्। आले लागूऔषध ओनरेक्स मुद्दाका प्रतिवादी हुन्।
उनलाई बुधवार साँझ साँढे ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय,मकवानपुरबाट खटिएको प्रहरी टोलिले उनको डेरा कोठाबाट नियन्त्रणमा लिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिए।



