मंसिर२२,निजगढ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मधेश प्रदेश सह-महामन्त्री गणेश धिमालको सक्रियतामा सडक किनाराका झाडी सरसफाई गरिएको छ।
बाराको तामागढी-सिम्रौनगढ सडक खण्डमा पर्ने तामागढी गेटदेखि भलुवाईखोर चोकसम्म सडक किनारामा रहेको झाडी सफाई गरिएको हो।
सडक नै ढाकिने गरि मौलाईरहेको खर झाडिका कारण वन्यजन्तुको भय हुने र सवारी दूर्घटनासमेत हुनसक्ने स्थानियको गुनासो बढेपछी आफुले उक्त झाडी सफाई गर्न अगुवाई गरेको नेता धिमालले बताए।
झाडी सफाई गर्न स्थानिय सरकार र सम्बन्धित निकायले चासो नदिएपछी आईतवार १५० जना भन्दा बढी श्रमिक लगाई झाडी सफाई गरिएको उनको भनाई छ।
उक्त अभियानलाई खाजापानी र ज्यालाको लागि कोल्हविका स्थानीय युवा व्यवसायी तथा समाजसेवी पुर्ण श्रेष्ठ, रबिन्द्र चौधरी, रमेश सुनार, अमृत जिआर, सुर्यजी तथा शान्ती वृद्ध फाउन्डेसन लगायतको सहयोग रहेको धिमालले बताए।
करिब १० किलोमीटर सडकखण्डको एक चौथाई भाग सफाई गरेपछी सडक विभागको प्रतिनिधिले हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै बाँकी ससफाई सडक विभागले गर्ने प्रतिबद्धता पछि
आफुहरुले अभियान स्थगित गरेको पनि धिमालले बताए।



