पुस १७,निजगढ।बाराको निजगढमा घुर ताप्ने क्रममा जलेर एक बृद्वा घाइते भएकी छन्।

घाईते हुनेमा निजगढ नगरपालिका-७ लिचि टोल बस्ने भिखारी साहकी ७५ वर्षिया श्रीमती रामकुमारी देवी छन्।

रामकुमारीको विहिवार विहान साँढे १० बजेको समयमा आफ्नै घरको आँगनमा घुर बाली आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्किन गई घाईते भएकी प्रहरीले जनाएको छ।

उनको दुबै तिघ्रा र पेटमा जलन भएको छ।
उनको वीरगंजस्थित मेडिसिटी वयोधा अस्पतालमा मध्यम अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय