पुस १८,हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयहरूले तीन महिनाको अवधिमा अवैध रूपमा ल्याइएका ८५ वटा चौपाया (गाई–गोरु ९ वटा) सहित ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

सो क्रममा १० जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुष्कर बोगटीले जानकारी दिए।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा चौपाया ओसारपसार गरिएको फेला परेको हो।

प्रहरीले नियन्त्रणमा लिएका चौपाया, सवारी साधन र व्यक्तिहरूलाई आवश्यक कार्वाहीका लागि पशुसेवा कार्यालय हेटौंडा पठाइएको छ। उक्त अवधिमा भएका ६ वटा कार्वाहीमध्ये ३ वटा घटनामा मुद्दा दर्ता गरिएको र बाँकी घटनामा सम्बन्धित व्यक्तिहरूलाई जरिवाना गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

प्रहरीले अवैध चौपाया ओसारपसार तथा पशु कल्याण विपरीतका गतिविधि नियन्त्रण गर्न नियमित रूपमा सवारी चेकजाँच र निगरानीलाई निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय