माघ २१,निजगढ। बाराको निजगढ नगरपालिका वडा नं. ६ सडकटोलस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आज (माघ २१ गते) देखि श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव तथा श्रीमद् भागवत ज्ञान महायज्ञ भव्य रूपमा सुरु हुँदैछ।

माघ २७ गतेसम्म चल्ने यस महोत्सवका लागि मन्दिर परिसरलाई दुलही झैं सिंगारिएको छ भने नगरका विभिन्न स्थानमा भव्य स्वागत द्वारहरू निर्माण गरिएका छन्।

आजका मुख्य आकर्षणहरू:
​उद्घाटन: भारतको नवतनपुर धामका आचार्य श्रीकृष्णमणीजी महाराजबाट दिउँसो २ बजे महोत्सवको विधिवत् उद्घाटन हुने।
​शोभा कलश यात्रा: उद्घाटनअघि बिहान मन्दिर परिसरबाट निजगढ नगर परिक्रमासहितको भव्य कलश यात्रा निकालिने।

विशेष अनुष्ठान: आजैदेखि ‘श्रीमततारम सागर १०८ पारायण’ को आरम्भ हुने र धार्मिक वृक्ष ‘खिजडा’ रोपण गरिने।

अतिथिहरू: महोत्सवमा भारत र नेपालका विभिन्न प्रतिष्ठित धामका सन्त–महन्तहरूको उपस्थिति रहने।
​नगरपालिकाद्वारा सार्वजनिक बिदा:
​महोत्सवको उद्घाटन समारोहलाई मध्यनजर गर्दै निजगढ नगरपालिकाले आज माघ २१ गते बुधबार नगरपालिकाभर स्थानीय सार्वजनिक बिदा दिएको छ।

नगरपालिका अन्तर्गतका सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरू आज बन्द छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय