फागुन २ हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले स्थित कान्तिलोकपथ सडक खण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

विहिवार राति करिब ९:५० बजेको समयमा सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्लेतर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई स्थानीयले तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएलगत्तै राति १०:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

सुरुमा पहिचान नखुलेका मृतक हेटौंडा उपमहानगरपालिका–५ पिप्ले ढुङ्गेधारा बस्ने वर्ष ३५/३६ का सुवास थिङ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले  दुर्घटनामा संलग्न मोटरसाइकल, ट्रक र ट्रक चालक स्याङ्जाको वालिङ नगरपालिका–२ बस्ने वर्ष ५५ का किसनबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा  लिइएका चालक र सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको वडा प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय