चैत्र ७,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मुद्दामा फरार रहेका ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
प्रहरीको विशेष टोलीले खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयहरूमा उपस्थित गराएको हो।
पक्राउ पर्नेहरूमा बैंकिङ कसुर र वैदेशिक रोजगार ठगीका प्रतिवादीहरू रहेका छन्। जसको विवरण यस प्रकार छ:
- चन्द्र बहादुर अधिकारी: मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं. ८ बस्ने ५६ वर्षीय अधिकारी बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन्। उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको छ।
- रन्जन कठायत: मकवानपुरकै भीमफेदी गाउँपालिका वडा नं. ८ बस्ने ५० वर्षीय कठायत पनि बैंकिङ कसुर मुद्दामै पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ।
- बिष्णु प्रसाद चुडाल: झापा जिल्ला दमक नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौँ-३२ बस्ने ४१ वर्षीय चुडाललाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली बुझाइएको छ।
- बैंकिङ कसुरका अर्का प्रतिवादी: झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौँ-३२ बस्ने ५० वर्षीय प्रतिवादीलाई पनि बैंकिङ कसुर मुद्दामै पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
- धनसानी गोले: मकवानपुर हेटौँडा-१९ बस्ने ३७ वर्षीया धनसानी गोले वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेकी हुन्। उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीका अनुसार फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउने अभियान अन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको हो।



