जेठ ३१,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं. ६ कोलाघारी बस्ने अन्दाजी ३९ वर्षीय मङ्गलबहादुर प्रजा रहेका छन् ।

​शनिबार साँझ अन्दाजी ५:१० बजेको समयमा सोही वडाको प्रतापपुर बस्ने सुरेश मोक्तानको बन्दै गरेको नयाँ घरमा ढोका सेट गर्ने क्रममा प्रजालाई अचानक करेन्ट लागेको थियो ।

ढोकामा ड्रिल मेसिन प्रयोग गरिरहेका बेला उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

​करेन्ट लागेर गम्भीर घाइते भएका प्रजालाई उनकी श्रीमती रस्तिमाया प्रजाले तत्काल उद्धार गरी प्राथमिक उपचारका लागि मनहरी अस्पताल पुर्‍याएकी थिइन् ।

त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा उपचारकै क्रममा साँझ ६:५५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय