कार्तिक १२,हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित ईपादेउरालीमा बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ।

​मृत्यु हुनेमा भिमफेदी गाउँपालिका वडा नं. ८ ईपा बस्ने ६३ वर्षीया लीला देवी खत्री रहेकी छन्।

​प्रहरीका अनुसार बुधबार(आज) बिहान करिब ०७:३० बजेको समयमा ईपादेउराली-कोगटे-भिमफेदी-हेटौँडा भित्री सडक खण्डमा ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएर बसको अगाडीबाट बाटो काट्दै गरेकी खत्रीलाई सोही बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको हो।

​दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमफेदी र इलाका प्रहरी कार्यालय ठिङ्गनबाट ट्राफिक प्रहरीसहित २० जनाको प्रहरी टोली बिहान ०८:५५ बजे घटनास्थल पुगेको थियो।

​ठक्कर दिने बसका चालक भिमफेदी –७ कोगटे बस्ने ४३ वर्षीय राजु आचार्य प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल मुचुल्का तयार गरी घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय