कार्तिक २७, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृृया सरकारले सुरु गरेको बताएका छन् । चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले विमानस्थलका बारेमा भएका अवरोध र समस्याहरु कम हुँदै गएपछि सरकारले निर्माणको प्रकृया अगाडि बढाएको बताए ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै अलपत्र भैरहेको बेला बारामा थप अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री किराँतीले काठमाडौंको एयर ट्राफिक जामलाई कम गर्नका लागि पनि बारामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताए । उनले बारामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएकै कारण फास्ट ट्रयाक निर्माण थालिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय