मंसिर १, हेटौंडा ।मकवानपुरको हेटौंडा बजार क्षेत्रका सडकपेटीमा बिक्रीका लागि राखिएको खाद्य सामग्री नगर प्रहरीले जफत गरी नष्ट गरेको छ । चाडवाडको समयमा सडकपेटीमा बिक्रीका लागि राखिएको मिठाई, फलफुल र तरकारी लगायतका सामग्री जफत गरी राप्ति खोला किनारमा खाडल खनेर नष्ट गरेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
मुख्यगरी हेटौंडा बजार क्षेत्रको बुद्धचोक, खोपेगल्ली, राप्तीरोड र तिहार बजारका लागि दिईएको हेटौंडा अस्पताल अगाडिका सडकपेटीबाट बिक्रीका लागि राखिएका पिठोबाट बनेका खुल्ला मिठाई ८५ किलोग्राम र तरकारीहरु २२ किलो ५ सय ग्राम जफत गरीएको नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए ।
उपमहानगरले पटक÷पटक सार्वजनिक सुचना जारी गर्दै फुटपाथमा सामग्रीहरु राखेर बिक्री नगर्न व्यवसायीहरुलाई जानकारी गराए पनि अटेर गर्ने व्यवसायीहरुको सामग्री जफत गरी नष्ट गरीएको जनाएको छ ।





